Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता



काठमाडौं । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मंसिर २ गते उम्मदवारी दर्ता हुने मिति तय भएको छ । मंसिरको बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले बताए ।

३ मंसिरमा उम्मेदवारको विरोधमा उजुरी दिने सकिनेछ भने ४ गते बेलुकाम्म उजुरी उपर जाँचबुझ गरी निर्णय दिनुपर्नेछ । त्यस्तै ५ मंसिरको दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् ।

त्यसपछि त्यसै दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ र निर्वाचन चिह्न पनि त्यसै दिन दिइनेछ । १६ गते बिहान ७ देखि ५ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । मोरङको ग्रामथान गाउँपालिकामा पनि अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार