Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

इटहरीमा कार्यपालिका बैठकको माग गर्दै अदालतमा रिट



इटहरी । इटहरी उपमहानगरपालिकामा कार्यपालिका बैठकको माग गर्दै जनप्रतिनिधिहरुले अदालतमा रिट दायर गरेका छन् ।

मेयर हेमकर्ण पौडेलले कार्यपालिका बैठक नराखेको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले बैठकको लागि परामादेश माग्दै आदलत गएका हुन् ।

इटहरी उपमहानगरपालिकाका १५ जना वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले कार्यपालिका बैठक राख्न परामादेश माग्दै उच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । यस अघि उनीहरुले भदौ २७ गते इटहरी उप महानगरपालिका कार्यलयमा कार्यपालिका वैठक राख्न माग गर्दै निवेदन दिएका थिए । निवेदन दिँँदा पनि सुनुवाइ नभएपछी अदालत जानू परेको एक वडाध्यक्षले बताए ।

इटहरी उपमहानगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष उमेश सुवेदीले बिभिन्न ५ वटा ऐजेण्डामा छलफल गर्नका लागि कार्यपालिका वैठक राख्न माग गरेपनि मेयरले कार्यपालिका वैठक नबोलाएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार