Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मुलघाटमा फेला परे ससुराको हत्या गर्ने ज्वाइँ



विराटनगर । मोरङको पथरीशनिश्चरे ७ मायालु चोकमा ससुराको हत्या गरी फरार रहेका ज्वाइँ रविन राईलाई प्रहरीले धनकुटाको मुलघाटबाट पक्राउ गरेको छ ।

मोरङको पथरीशनिश्चरेमा घरज्वाइँ बस्दै आएका कानेपोखरी ५ का २९ वर्षीय राईलाई प्रहरीले ससुरा चन्द्र बहादुर तामाङको हत्या अभियोगमा पक्राउ गरेको हो । ६२ वर्षीय तामाङको शव हिजो घरमै धारीलो हतियारको प्रहारबाट घाटी, टाउको र चिउडोमा काटिएको अबस्थामा फेला परेको थियो । तामाङको घरमा ज्वाइँ र ससुरा मात्रै बस्दै आएका थिए ।

ससुराको शव फेला परेपछि फरार रहेका ज्वाइँको खोजतलास गर्ने क्रममा धनकुटा प्रहरीको सहयोगमा पक्राउ गरिएको मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञानेन्द्र खड्काले बताए ।

मादक पदार्थ सेवन गरेका ससुरा ज्वाइँबीच विवाद हुँदा राईले खुर्पा प्रहार गरी ससुराको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार