विराटनगर । विराटनगरको ट्राफिक व्यवस्थापनमा सिटी सफारीले समस्या ल्याएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख, प्रहरी निरीक्षक राजन लम्सालले बताएका छन् ।
उनले विराटनगरको ट्राफिक व्यवस्थापको काम सुरु गरेको जानकारी दिँदै सिटी सफारीलाई नियमन गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए । उनले ट्राफिक व्यवस्थापनमा तीनै तहका सरकारबीच सहकार्य हुन आवश्यक रहेको बताए ।
विराटनगर महानगरपालिका र प्रदेश सरकारले समेत सहयोग गरेमा विराटनगरको ट्राफिक व्यवस्थापन सहज हुने उनको भनाइ छ । आज बिहान विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै लम्सालले चाड लक्षित ट्राफिक व्यवस्थापनको काम सुरु भएको बताए ।
भाद्र २६ गतेदेखि मोरङ ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी निरीक्षक लम्सालले विराटनगरका विभिन्न स्थानमा ट्राफिक लाइट जडान भर्खरै भएको भन्दै यसले ट्राफिक व्यवस्थपनमा सहज हुने बताए ।