Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

दुर्गा प्रसाईंका समर्थकले गरे तीन भारतीय ट्रकमा आगजनी



विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा झापामा ३ वटा भारतीय ट्रकमा आगजनी गरिएको छ ।

प्रहरीले हिजो बी एन्ड सी अस्पतालका सञ्चालक प्रसाईंलाई पक्राउ गरेको विरोधमा उनका समर्थकले झापाका छुट्टा छुट्टै ठाउँमा भारतीय नम्बर प्लेटका ३ वटा ट्रकमा आगजनी गरेका हुन् ।

कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले ट्रकमा आगजनी गर्नेहरुलाई प्रहरीले खोजी गरिरहेको छ । गएराति पूर्वपश्चिम राजमार्गअन्तर्गत कन्काइ नगरपालिका ८ स्थित बिरिङ खोलाको पुलमा यूपी ५७ एटी ४४९३ नम्बरको मालबाहक ट्रकमा आगजनी गरेका हुन् ।

यस्तै आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका ६ मा डब्लूबी ७३ ई ३०५७ नम्बरको खाली ट्रकमा पनि उनका समर्थकहरुले आगजनी गरेका छन् । धाइजनमा सो ट्रकमा आगजनी गरेका हुन् । आगजनीबाट तीनवटै ट्रकमा क्षति पुगेको छ ।

प्रसाईंका समर्थकले आज झापामा चक्काजामको घोषणा गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार