Online Nepal
शुक्रबार, कार्तिक ७ २०८३

जनकपुरमा भेन्टिलेसन फोडेर हिरासतबाट ९ थुनुवा फरार, १ जना नियन्त्रणमा



जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ९ जना थुनुवा फरार भएका छन् । गएराति भेन्टिलेशन फोडेर ९ जना थुनुवा फरार भएकोमा एक जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

फरार हुनेमा लागुऔषध मुद्दाका अमितकुमार झा, रंजित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया र अभद्र व्यवहारमा पक्राउ परेका मनिष मण्डल र बिक्की कार्की तथा एक जना भने नाबालक रहेका छन् ।

उनीहरुलाई गएरातिदेखि नै प्रहरी विभिन्न ठाउँमा सर्च अभियान चलाएर खोज तालस गरिरहेको छ । भारतीय क्षेत्र प्रवेश गर्न सक्ने सम्भावना रहेकोले सीमा क्षेत्रमा समेत निगरानी बढाइएको प्रहरीले जनाएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले आठजना थुनुवा हिरासतबाट भागेको सुनेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार