काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी तथा गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीलाई प्रहरीले काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो । गृहमन्त्री रमेश लेखकले सहकारी छानबिन संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिए लगत्तै उनलाई प्रहरीले पक्राउ गरको हो । आजै मात्र गृहमन्त्री लेखकले यस्तो निर्देशन दिएका हुन् । जोशीलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दियो ।
पक्राउ परेका जोशीलाई आजै पोखरा लैजाने तयारी प्रहरीको छ । उनी गोर्खा मिडियाका पूर्वसञ्चालक मध्ये एक हुन् । सांसद सूर्य नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहित चार व्यक्तिको नाम किटान गर्दै कारबाही गर्न निर्देशन दिएको थियो ।