काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति र राजनीति दुवैमा स्थायित्व भएमात्रै देश विकास हुने र जनअपेक्षा पूरा बताएका छन् ।
संविधान दिवसको अवसरमा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक स्थिरता र नीतिमा स्थायित्व भएमात्रै विकास हुन सक्ने बताए । वर्तमान संविधानबाट प्राप्त अधिकारको रक्षा र कार्यान्वयनको लडाइँ लड्नु पर्ने प्रधानमन्त्री ओलीले बताए ।
संविधानले सुनिश्चित गरेका कतिपय कुरा अनुदित नभएको भन्दै उनले संविधानलाई समानुकूल बनाउनुपर्नेमा समेत जोड दिए । विद्यमान संविधानका अमिल्दा पक्षमाथि संशोधन गर्नु पर्ने उनको धारणा छ ।
उनले राजनीतिक तहमा देखिएको अस्थिरिताको सम्बोधन केही हदसम्म संविधान संशोधनको माध्यमबाट पनि गर्न सकिने बताएका छन् । संविधान संसोधन गर्नलाई सरकारमा रहेका पार्टीहरुको मात्र नभइ सकेसम्म सबै दलको सहमति लिने अधिकतम प्रयास गर्ने बताए ।