Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

भरतपुर उड्न लागेको बुद्धको जहाजमा प्रविधिक समस्या, यात्रु ओरालियो



काठमाडौं । काठमाडौंबाट चितवनको भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एयरको हवाईजहाजमा प्राविधिक समस्या देखिएपछि यात्रुहरुलाई ओरालिएको छ । जहाजमा समस्या देखिएपछि ट्याक्सी वे ‘इको’मा रोकेर यात्रुहरुलाई ओरालिएको हो ।

यो जहालले गर्दा अन्य जहाजलाई उडानमा समस्या देखिएको छ ।

बुद्ध एयरको नाइन एन–एआईटी जहाज आज बिहान भरतपुर उड्ने तयारीमा थियो । तर प्राविधिक समस्या देखिएपछि जहाज रोकेर यात्रु ओराल्नु परेको विमानस्थल स्रोतले बतायो ।

अवतरणमा समस्या नभए पनि आन्तरिक उडानका जहाजहरु उड्न ढिला भइरहेको विमानस्थल स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार