Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

साना डिजिटल कारोबार निशुल्क बनाउन पहल थाल्दै प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्न पहल सुरु गर्ने बताउनुभएको छ ।

पछिल्लो समय मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने शुल्क अत्यधिक भएको विषयमा गुनासो आइरहेको भन्दै उहाँले यस्तो बताउनुभएको हो । गुनासोहरुलाई आफुले गम्भीर रुपमा लिएको भन्दै उहाँले समाजिक सञ्जालमा आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ ।

यस विषयमा आफूलाई नागरिकले फेसबुकमार्फत गुनासो गरेको भन्दै प्रधानमन्त्री ओलीले सम्बन्धित अधिकारीसँग छलफल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले फेसबुक पेजमा भएका समस्या जानकारी गराउन आग्रह गर्दै भन्नुभएको छ- ‘तपाईंहरुका समस्या सरकारलाई यसरी नै जानकारी गराउनुहोला । हामीलाई सधैं झकझकाउनुहोस् । सरकारले त्यसतर्फ काम गर्दै जानेछ ।’

अहिले मोबाइल बैंकिङ कारोबार गर्दा हरेक पटक ११ रुपैयाँभन्दा धेरै शुल्क लाग्ने गरेको छ । यसबाट साना डिजिटल कारोबारी मर्कामा परेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार