Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

स्थापना दिवसमा विद्यालयलाई शैक्षिक सामग्री सहयोग



विराटनगर । नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ कोशी प्रदेशले स्थापना दिवसको विराट बहिरा माविमा मनाएको छ । ३५ औँ स्थापना दिवस बहिरा विद्यालयमा विविध कार्यक्रम गर्दै मनाएको हो ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो भने विद्यार्थीहरुसँगै केक समेत काटिएको संघका प्रदेश सचिव लेखनाथ दाहालले बताउनुभयो । विराटनगर ५ मा रहेको विद्यालय फरक क्षमताका विद्यार्थीहरु गर्ने विद्यार्थीहरुलाई सहयोग गर्ने उदेश्यले शैक्षिक सामग्री वितरण गर्दै स्थापना दिवस मनाइएको उहाँले बताउनुभयो ।

कार्यक्रममा संघका केन्द्रीय सचिव गंगाबहादुर अधिकारी, सहकोषाध्यक्ष सुरेशकुमार भट्टराई, सल्लाहकार भवनाथ पौडेललगायतको सहभागिता रहेको थियो । कार्यक्रमका बिच संघका कोशी प्रदेश अध्यक्ष कृष्णप्रसाद न्यौपाने तथा अन्य पदाधिकारीहरुले विद्यालयका प्रधानाध्यापक मिनू अधिकारी दाहाल, व्यवस्थापन समिति अध्यक्ष मीना जोशीलाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार