सुर्खेत । जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा गएको पहिरोमा बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने पुरिएका छन् ।
वडाध्यक्ष डम्बरबहादुर महताराले पहिरोमा पुरिएकाहरुको खोजी र उद्धारको प्रयास भइरहेको बताउनुभयो ।
चलाउनेकी छोरी ११ वर्षीया छोरी सम्झनाको भने घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्याइएको वडाध्यक्ष महताराले जानकारी दिनुभयो ।