Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

टिकटक चल्ने बनाउन सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकलाई निर्देशन



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा र मोबाइल सेवा प्रदायकलाई टिकटक चल्ने बनाउन निर्देशन जारी गरेको छ ।

आज एक सूचना जारी गर्दै प्राधिकरणले टिकटकको प्रयोग/पहुँचमा लगाइएको रोक हटाइएको जानकारी दिएको हो ।

सरकारले यही महिनाको ५ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट सामाजिक संजालको रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार