Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उदयपुरमा आमा र नाबालक छोराको कस्ले गर्यो हत्या ?



विराटनगर । उदयपुरमा बीभत्स अवस्थामा आमा र नाबालक छोराको शव फेला परेको छ । कटारी नगरपालिका–१०, सोरुङ छबीसेमा वडा कार्यालय नजिकै किराना पसल गर्दै आएकी अन्दाजी ४० वर्षीया निर्मला थापा र उनका छोरा अन्दाजी ६ वर्षीय छोरा आरुष थापाको शव फेला परेको हो ।

आमाको शव भुइँमा घोप्टो परेको र छोराको भने खाटमा फेला परेको वडाध्यक्ष क्षेत्रबहादुर खड्काले जानकारी दिए । आमाको शव भुइँमा घोप्टो परेको र छोराको खाटमा रगतमा डुबेको अवस्थामा फेला परको उनी बताउँछन् ।

ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक उमेश महतोले घटनाको अनुसन्धान भइरहेको बताए । मृतक निर्मला थापाका श्रीमान अशोक थापा दुईवर्ष अघि कान्छी श्रीमती लिएर भारततिर गएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार