विराटनगर । नेकपा एमालेका प्रदेशसभा सदस्य तथा कोशी प्रदेशका पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारीले ग्लोबल वार्मिङको कारण धेरै क्षति भोगिरहेका हिमाली जिल्लाहरुलाई सहयोग गर्न संयुक्त राष्ट्र संघसँग अपिल गर्नु भएको छ ।
बुधबार कोशी प्रदेश सभाको बैठकमा विषेश समय लिएर बोल्दै उहाँले ग्लोबल वार्मिङको रोयल्टी हिमाली जिल्लाहरुमा सहयोग गर्न आग्रह गर्नु भएको हो ।
उहाँले हिमाल पग्लिएर साना पोखरीहरु ठुलो हुने र फुट्ने हुँदा हिमाली जिल्लामा क्षति भइरहेको भन्दै सहयोगको लागि आग्रह गर्नुभएको हो । गएको साउन ३२ गते सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ खुन्देमा हिम ताल फुटेर आएको पहिरोले २५ घर पूर्ण रुपमा क्षति पुर्याएको र २६ घरमा आंशिक क्षति पुर्याएको, गेगर बगेपछि बस्ती नै बस्न नसक्ने अवस्था रहेको उहाँले प्रदेश सभालाई जानकारी गराउँदै दू्रत गतिमा पुननिर्माणको लागि सरकारसँग आग्रह गर्नुभयो ।
बाढी र पहिरोले थामे विद्यालय र विद्यालयको छात्राबास, आधारभूत स्वास्थ्य चौकी, खुम्बु पदमार्गमा र सडक तथा विभिन्न पुलहरुमा क्षति पुगेको भन्दै समेत क्षति भएको भन्दै उहाँले सगरमाथा जाने बाटो भएको कारण पनि चाडै निर्माण गर्नु पर्ने उहाँको भनाइ छ । सगरमाथा क्षेत्र भएका कारण त्यहा सरकार कम पुग्ने र विदेशी दातृ निकायहरु बढी पुग्ने भन्दै दातृ निकायहरुलाई समेत सहयोगको लागि आग्रह गर्नुभयो ।