Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

वडा अध्यक्ष लिम्बुको हर्कत प्रति एमाले पथरीशनिश्चरेको आपत्ति



पथरी । सामाजिक काम गरेको फोटो तथा भिडीयो सामाग्री फेसवुकमा सार्वजनिक गरेको विषयलाई लिएर पथरीशनिश्चरे वडा नम्वर ३ का वडा अध्यक्ष विजय लिम्बुले नेकपा एमाले पथरीशनिश्चरे ३ का पुर्व सचिव अर्जुन काफ्लेलाई गाली गलौज अपशव्द प्रयोग गर्दै धाक धम्की दिएको घटना प्रति नेकपा एमाले पथरीशनिश्चरे ३ नम्वर वडा कमिटीले गम्भीर ध्यानाआर्कषण भएको जनाएको छ ।

वडा कमिटी अध्यक्ष खगेन्द्रप्रसाद लुइटेल र सचिव गिरीराज सिम्पानेद्वारा हस्ताक्षरित प्रेश विज्ञप्तीमा वडाअध्यक्ष लिम्बुले विकास निर्माणका कार्यलाई किन सामाजिक सञ्जालमा हालेको भन्दै काफ्लेलाई फोन गरेर धम्की दिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । सुवेदीचोक उत्तरदेखि बोक्रेचोक सडकखण्ड अन्तरगत वडा नम्वर ३को भुभागमा रहेको बाटोको खाल्डाखुल्डीको विषयमा स्थानीयले चासो लिखाएर भदौ १५ गते बिहानको स्थलगत निरीक्षण गरेर मर्मत सम्भारको काम सुरु गरेका थिए ।

स्थानीयलाई पथरीशनिश्चरेकै पञ्चायत मावीका प्रधानाध्यपक अर्जुन बुढाथोकी र पथरीशनिश्चरे १० का निर्माण व्यावसायी पर्बत थापाले सहयोग गरेका थिए । सोहि विषयमा काफ्लेले सामाजिक संञ्जालमा फोटो र भिडीयो अपलोड गरेका थिए ।

भाद्र १६ गते पारिवारी भेटघाटका क्रममा लेटाङ्गमा रहेका काफ्लेलाई लिम्बुले फोन मार्फत त्यस्ता भिडीयो र फोटो किन हालेको भन्दै लेटाङ्ग नै आएर काफ्लेलाई उठाउने सम्मका धम्की दिएका थिए ।

विज्ञप्तीमा वडा अध्यक्षको धम्कीले काफ्लेमा त्रास फैलिएको र उनको ज्यानको सुरक्षामा समेत चासोको विषय भएको उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार