Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पलेशाले पाइन भव्य स्वागत



काठमाडौं । पेरिस पारा ओलम्पिक खेलकुदमा ऐतिहासिक कास्य पदक जितेकी पलेशा गोवर्धनलाई स्वदेश फर्किदाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

बिहान ८ बजेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेकी गोवर्धनको स्वागतका लागि हजारौँ समर्थक स्वागतका लागि बाहिर बसेका थिए ।

पलेशसहितको नेपाली टीमलाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्सम्म पुर्याइने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार