Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

दशरथ रंगशालाले देशकै बेइज्जत भयो : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशरथ रंगशालाको कारण देशकै बेइज्जत भएको बताउनुभएको छ ।

काभा नेशन्स लीगमा रजत पदक जितेका महिला भलिबल खेलाडीलाई आज बिहीबार पुरस्कार वितरण गर्दै प्रधानमन्त्री ओलीले केही दिनअघि भुटानको पारो एफसीसँग मच्छिन्द्र क्लबको खेलमा रंगशालाको कारण देशकै बेइज्जत भएको बताउनुभयो ।

रंगशालाकै कारण देशकै बेइज्जत हुने स्थिति हुन नहुने भन्दै उहाँले रंगशालाको दुरुपयोग नगर्न समेत आग्रह गर्नुभयो । रंगशालामा फुटबल बाहेकाका गतिविधि नगर्न समेत उहाँले आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘बढी क्यापासिटी भएको रंगशाला हामीसँग छैन । हामीलाई २०/२५ हजारको क्यापासिटी भएको मैदान चाहिन्छ । त्यस्तो मैदान त चुस्त दुरुस्त चाहिन्छ नै । त्यसको दुरुपयोग भयो ।  फुटबल खेलका लागि हो । त्यसमै प्रयोग होस्,। ’ तुरुन्तै यसलाई मर्मत गर्न समेत उहाँले निर्देशन दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार