Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पाँचथरमा विस्फोट, तीन बालबालिका घाइते



Untitled design - 1

पाँचथर । पाँचथरको फालेलुङ गाउॅपालिका ५ प्राङवुङमा विस्फोट हुँदा तीन जना बालबालिका घाइते भएका छन् । विस्फोटमा परी डाँडागाउँका दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन, अढाइ वर्षीया छोरी प्रिन्सा र छिमेकी ९ वर्षीय पवन राई छन् ।

घाइतेमध्ये दिप्सन र प्रिन्साको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि झापा पठाइएको छ । पवनको भने जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँथरका प्रमुख (डिएसपी) हेमन्त भण्डारीले जानकारी दिनुभयो ।

अपराह्न साढे २ बजे ठूलो आवाजमा विस्फोट भएको थियो । विस्फोट भएलगत्तै गएर हेर्दा बालबालिका घाइते अवस्थामा भेटिएका स्थानीयले बताए । घाइतेमध्ये पवन राईका अनुसार खेलिरहेका अवस्थामा डल्लो आकारमा भेटिएका सामग्री पड्किएको बताए । पवनको अवस्था सामान्य छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार