CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82
चितवन । मुग्लिङ नारायणगढ सडकखण्ड अन्तर्गत घुमाउनेमा भएको बस दुर्घटनामा परी १७ जना घाइते भएका छन् ।
महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२ ००१ ख १३३२ नम्बरको बस आज बिहान भरतपुर महानगरपालिका २९ घुमाउनेमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा घाइते हुनेहरूमा १३ जना पुरुष र ४ जना महिला रहेका छन् । उनीहरू मध्ये ५ जना मध्यम र १२ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाइतेहरू सबैको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
बस अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो । सडक किनारमा लगाइएको बारमा ठोक्किएको कारण त्रिशुली नदीमा खस्नबाट भने बचेको छ ।