Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बस दुर्घटनामा मृत्यु भएका १४ जनाको शव निकालियो, थप विवरण आउन बाँकी



काठमाडौं। तनहुँको ऐनापहरामा भएको बस दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ।

सशस्त्र प्रहरी बल (एपीएफ) प्रवक्ता कुमार न्यौपानेले १४ जनाको शव निकालिएको जानकारी दिनुभयो । बसमा ४० जना भारतीय पर्यटक सवार थिए ।
यूपी ५३ एसटी ७६२३ नम्बरको भारतीय नम्बर प्लेटको बस भएको बताइएको छ तर पुष्टि भने हुन बाँकी छ ।

तनहुँ प्रहरीका प्रवक्ता डिएसपी दीपककुमार रायले अहिले घटनास्थलबाट उद्धारको काम भइरहेको छ । दुर्घटनाको कारणबारे खुल्न बाँकी छ । यस्तै क्षतिको पूर्ण विवरण पनि आउन बाँकी रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार