Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

केदरनाथ नजिक गएको पहिरोमा परी ४ नेपालीको मृत्यु



काठमाडौं । भारतको उत्तराखण्ड राज्यको केदारनाथ नजिक पहिरोमा पुरिएर चार जना नेपाली नागरिकको मृत्यु भएको छ ।

गएरातिको अविरल वर्षाका कारण रुद्रप्रयाग जिल्लाको केदारनाथको फाटा हेलिप्याड नजिक पहिरोमा पुरिएर चार जना नेपाली मजदुरको मृत्यु भएको द इन्डियन एक्सप्रेसले जनाएको छ ।

मृत्यु हुनेमा नेपालका तुलबहादुर, पूर्ण नेपाली, किश्न परिहार र चिकु बुरा रहेका खबरमा उल्लेख छ । चारै जना हेलिप्याड नजिकैको शिविरमा बसिरहेका बेला पहिरोमा पुरिएका स्थानीय प्रशासनले जनाएको छ ।

उद्धारकर्ताहरूले चारै जनाको शव रुद्रप्रयाग लगेका खबरमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार