विराटनगर । सुनसरी प्रहरीले सुनसरीको धरानबाट १ हजार ४ सय २० किलो गाँजा र गाँजा लोड गरिएको ट्रक बरामद गरेको छ ।
धनकुटाबाट धरान आउँदै गरेको ट्रकमा लोड गरिएको ४४ बोरामा रहेको १ हजार ४२० किलो गाँजा बरामद गरेको हो । बिहान करिब ९ बजे मुला लोड भएको को१ख ४७३३ ट्रक गाँजा फेला परेको हो । बरामद भएको गाँजा ४४ बोरा छ ।
गाँजासहित प्रहरीले मोरङको सुन्दर हरैचा नगरपलिका ७ गछियाका ३४ वर्षीय राजकुमार दाहाल र धनकुटाको शहीदभूमी गाउँपालिका ७ का ४१ वर्षीय भुपेन्द्र राईलाई प्रहरी पक्राउ गरेको छ ।
भारततर्फ पठाउन गाँजा धनकुटाबाट ल्याइएको प्रहरीले जनाएको छ । धनकुटाको छिन्ताङ आसपासका क्षेत्रमा अवैध गाँजा खेती हुने गरेको छ । धनकुटाबाट ल्याएर मोरङ सुनसरीको सीमावर्ती क्षेत्रमा स्टोर गरेर राख्ने र रातको समयमा भारततर्फ निकासी हुने गरेको प्रहरीले बताएको छ ।
गाँजा भारत पुर्याएपछि प्रतिकेजी २० हजार रुपैयाँभन्दा माथि पर्छ । गाँजा ओसारपसार गर्ने भरियाले प्रतिकलो दुई हजार रुपैयाँ पाउने प्रहरीले बताएको छ ।