विराटनगर । कलाकार विपीन कार्कीलाई जन्मदिनकै दिन मातृशोक परेको छ । विपिनको जन्मदिनकै दिन आमा सरस्वतीको ७२ वर्षको उमेरमा उपचारको क्रममा आज बिहान पाटन अस्पतालमा निधन भएको हो ।
फोक्सोमा पानी जम्ने र मस्तिष्कमा समस्या भएपछि उहाँको केही दिनदेखि पाटन अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।