हेटौंडा । मकवानपुरमा बाँधेको भैंसीले बाघ मारेको छ । मकवानपुरको मनहरी गाउँपालिकामा भैंसी गोठभित्र बाघ मृत फेला परेको हो ।
आज बिहान सवा ३ बजे मनहरी गाउँपालिका–६ प्रतापुर बस्ने बलबहादुर राईको गोठमा भैंसीले हानेर मरेको जस्तो अवस्थामा बाघ मृत फेला परेको हो ।
गोठमा बाँधेको भैंसी घाइते अवस्थामा र भैंसी नजिकै बाघ मृतावस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताउनुभयो ।
डिएसपी भण्डारीका अनुसार बाघको मृत्युको कारण पत्ता लागिसकेको छैन । बाघ बुढो रहेको र भैंसीसँग जुधेर मृत्यु भएको हुन सक्ने नेपाली सेनाको अनुमान छ । तर यकिन भने भइसकेको छैन् ।
घटनास्थल चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्दछ । चितवन राष्ट्रिय निकुञ्जको सेनाको टोलीले मृत बाघ लगेर गएको छ ।