काठमाडौं । आजको संसद बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सांसदहरुले प्रश्न राख्ने छन् र उहाँले ती प्रश्नको जवाफ दिने संसद सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ अनुसार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने गर्दछ । बैठकमा अर्थमन्त्री विष्णु पौडेलले धितोपत्रसम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।
आज संसदमा केही विषयगत समितिहरुमा सदस्यहरुको नाम हेरफेर गर्ने, सांसद तोसिमा कार्कीले हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनु पर्ने भन्ने सार्वजनिक महत्वको विषयमा स्वास्थ्यमन्त्रीलाई ध्यानाकर्षण गराउने सम्भावित कार्यसूची छ ।
आजको संसदमा धितोपत्रसम्बन्धी (पहिलो संशोधन)विधेयक २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचना निर्णायार्थ पेस हुने छ ।