Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

स्वास्थ्यकर्मीलाई कुटपीट गरेको आरोपमा एकजना पक्राउ



संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका वडा नम्बर २ टाईगरचोकमा रहेको नागरिक आरोग्य केन्द्रका वैधलाई कुटपिट र गालिगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

स्वास्थ्यकर्मीलाई भदौ २ गते गाली गलौज गर्नुका साथै कुटपीट गरेको आरोपमा पाँचखपन नगरपालिका वडा नम्बर २ स्याबुनका ४० वर्षीय भीषण जिमीलाई प्रहरीले पक्राउ गरेको हो ।

भिषण जिमीलाई इलाका प्रहरी कार्यालय वाना, संखुवासभाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार