काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको प्राप्त गर्नुभएको छ । मंगलबार लुम्बिनी प्रदेशसभा बैठकमा आचार्यले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको हो ।
प्रदेशसभामा आचार्यको पक्षमा ७० मत र विपक्षमा ११ मत परेको छ । सभामुख तुलाराम घर्ती मगरले आचार्यलाई परेको मत प्रदेशसभाका कुल संख्याको बहुमत भएकाले विश्वासको मत बहुमतले पारित भएको घोषणा गर्नुभयो ।
आचार्यलाई नेकपा (एमाले)का २९ र नेपाली कांग्रेसका २७ सहित जनता समाजवादी पार्टी (जसपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, नागरिक उन्मुक्तिसहितका पार्टीले समर्थन गरेका छन् । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीले भने विश्वासको मतको विपक्षमा मतदान गरे ।
आचार्य कांग्रेसको समर्थनमा गत साउन ७ गते मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।