Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु



झापा । झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मेचीनगर नगरपालिका–१३ कालीझोडास्थित पूर्वपश्चिम राजमार्गमा मे. ६ प ८३२० नम्बरको मोटरसाइकले पैदलयात्रीलाई ठक्कर दिँदा मोटरसाइकल चालकसहित दुई जनाको मृत्यु भएको हो ।

तीव्र गतिको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकलमा सवार मेचीनगर ९ का २९ वर्षीय मन्दिप मेचे र २५ वर्षीय सागर मेचे घाइते भएका थिए ।

घाइतेमध्ये सागर मेचे र पैदलयात्री युवकको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो। अर्का घाइते मन्दिप मेचेको बीएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार