Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सर्पले डसेर छ वर्षीय बालिकाको मृत्यु



Symbolic Photo

विराटनगर। केराबारी  ९ स्थित स्कुल चौकमा विषालु सर्पको डसाइबाट ६ वर्षीया बालिकाको मृत्यु भएको छ ।

बुधवार साँझ गोमन सर्पको डसाइबाट मनोज पण्डितकी छोरी प्रतिमा पण्डितको मृत्यु भएको हो । विद्यालयबाट  साँझ घर फर्केपछि शौचालयमा गएको बेला प्रतिमालाई  विषालु  सर्पले डसेको केराबारी –९ का वडाध्यक्ष गोपाल याक्खाले बताए ।

बालिकालाई उपचारका लागि तत्काल इटहरीस्थित सर्प दंश उपचार केन्द्र पठाइएको  थियो । त्यहाँ उपचार सम्भव नभएपछि उहाँलाई विराटनगरको अस्पतालमा रिफर गरिएको थियो । अस्पताल पुग्दा बालिकाको मृत्यु भएको चिकित्सकहरूले बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार