काठमाडौं, १५ साउन । चक्र विज्ञान कार्यक्रमा सहभागीले खुसी आनन्दित हुने कला सिकेको बताएका छन् ।
जीवन विज्ञानको आयोजनामा साउन १४ गते समापन भएको ‘चक्र विज्ञान’ सप्ताहका सहभागीले आफूमा लुकेर रहेका स्वस्थ, खुसी र आनन्दित हुने क्षमता चिनेको बताएका हुन् ।
नवलपुरका मणिप्रसाद भुषाल चक्र विज्ञानले नयाँ जीवन दिएजस्तो लागेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘दैनिक १८ लाख रुपैयाँ कमाउँदा पनि नपाएको आनन्द र खुसी यो सात दिनको कार्यक्रमबाट पाएँ । प्रधानमन्त्री कार्यालयमा कार्यरत लोकराज भट्टले चक्र विज्ञानले अल्छी भगाएको र दैनिक जीवन सहज भएको बताउनुभयो । अनुशा चुडालले सकारात्मको सोचको विकास भएको बताउदै चक्र विज्ञानमा सिकेका विधिहरू जीवनभर अभ्यास गर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागी लेखक नयनराज पाण्डेले चक्र विज्ञान युवा र बालबालिकासम्म पु¥याउने पर्ने कार्यक्रम रहेको आफूले महसुस गरेको बताउनुभयो ।
चक्र सक्रिय र सन्तुलित बनाउने प्रयोगात्मक कक्षामार्फत सुखी, शान्त र समृद्ध जीवन जिउने कला सिकाउनु भएको थियो । गुरुदेवद्वयले उत्साह, उमङ्ग, खुसी, जोस, जाँगर, आँट, साहस र आनन्दका लागि योग, प्राणायाम, ध्यानका विधिहरू साथै मनोविज्ञानका सूत्रहरूको प्रयोग र अभ्यास गराउनुभएको थियो ।
साउन ८ गतेदेखि बानेश्वरस्थित आनन्द इभेन्ट्समा भएको सातदिने चक्र विज्ञानमा विभिन्न क्षेत्रका करिब ५ सयजना सहभागी थिए ।