Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

फरक क्षमता भएका गणेशलाई प्रधानमन्त्रीको सचिवालयमा अवसर



विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीले फरक क्षमता भएका गणेश राईलाई सचिवालयमा नियुक्त गरेका छन् । दुवै हातको कुहिनोभन्दा तलको भाग नभएका खोटाङ काउलेका गणेशलाई प्रधानमन्त्री ओलीले सचिवालयमा राखेका हुन् ।

त्यसो त उनलेे पहिलोपटक ओलीको सचिवालयमा काम गर्ने मौका भने पाएका होइनन् । उनले यसअघि ओली प्रधानमन्त्री हुँदा पनि सचिवालयमा काम गरिसकेका छन् ।

एमाले पोलिटब्युरो सदस्य विशाल भट्टराईका अनुसार २०७२ सालमा पहिलोपटक प्रधानमन्त्री हुँदा ओलीले गणेशले कम्प्युटर चलाएको देखेपछि सचिवालयमा कम्प्युटर अपरेटरका रुपमा जागिर दिएका थिए ।

दोस्रो पटक ओली प्रधानमन्त्री हुँदा गणेश फेरि आए र करारमा काम गरे। यस पटक पनि प्रधानमन्त्रीको सपथग्रहण गरेर सिंहदरबार जाँदा गणेशलाई नभेटेपछि ओलीले उनलाई खोजी गरेका थिए । भट्टराईहरुकै सहयोगमा पुन: ओलीले गणेशलाई बोलाएर सचिवालयकै सदस्यका रूपमा काम गर्ने जिम्मेवारी दिएका छन् ।

ओलीले गणेशलाई जागिर दिएको सार्वजनिक गर्दै उनलाई शुभकामना दिएका छन् ।

नेता भट्टराईले अरुले निर्दयी भएर लखेटेका गणेश राई जस्ता अपांगलाई क्षमता देखाएर जागिर खान पनि केपी ओलीनै चाहिने रहेछ भन्दै फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार