विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी र मन्त्रालयका निमित्त सचिव कमल थापाबिच कार्य सम्पादन सम्झौता भएको छ ।
प्रदेश सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०७६ र नियमावली २०७७ अनुसार मन्त्री ले कार्य सम्झौता गर्नुभएको हो ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै मन्त्रीहरुलाई साउन १५ गतेभित्र कार्यसम्पादन सम्झौता गर्नलाई निर्देशन दिनुभएको थियो । सोहि अनुरुप मन्त्रालयले सम्झौता गर्न सुरु गरेको हो ।
कार्किले १५ गते भित्र मन्त्रीलाई सचिवसँग र सचिवले मातहतका कार्यालय प्रमुख र महाशाखा प्रमुखसँग सम्झौता गर्नका लागि निर्देशन दिनुभएको थियो । मुख्यमन्त्री कार्कीले साउन १ गते देखि नै लागु हुने गरि प्रमुखसचिवसँग कार्यसम्पादन सम्झौता गरिसक्नु भएको छ । कार्य सम्पादन पछि मन्त्रालय र माताहतका काम गर्न सजिलो हुनेछ ।