Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने



विराटनगर : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने भएका छन् ।

प्रधानमन्त्री ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिने मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री ओलीले संसद सचिवालयलाई पनि विश्वासको मत लिने कुरा जानकारी गराएका छन् ।

संसदको ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओलीले असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले साउन ३२ गते सपथग्रहण गर्दै २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार