Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सत्ता पक्षको मुख्य सचेतकमा महेश बर्तौला



विराटनगर : प्रधानमन्त्री एमव् एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सत्तारुढ दलको मुख्य सचेतकमा महेशकुमार बर्तौलालाई नियुक्त गरेका छन् ।

ओलीले बुधबार एमाले संसदीय दलका प्रमुख सचेतकसमेत रहेका बर्तौलालाई मुख्य सचेतकको जिम्मेवारी दिएका हुन् ।

नेकपा एमाले संसदीय दलको विधान २०७७ र सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा पाउने गरी बर्तौलालाई प्रतिनिधि सभामा मुख्य सचेतक पदमा साउन २ गतेबाट लागू हुनेगरी मनोनयन गरिएको हो ।

मुख्य सचेतकलाई सत्तारुढ दलबाट नियुक्त गर्ने व्यवस्था छ । मुख्य सचेतकले सत्तारुढ दलका प्रमुख सचेतकको समेत नेतृत्व गर्ने व्यवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार