Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

भानु जयन्तीमा एभरेष्ट स्कुलमा कविता प्रतियोगिता, रिजु अधिकारी प्रथम



विराटनगर : विराटनगर-५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले कविता प्रतियोगिताको आयोजना गरी २११ औं भानु जयन्ती मनाएको छ ।

शनिबार आयोजना गरिएको कविता प्रतियोगितामा स्कुलका कक्षा ५ देखि १२ सम्मका ३० जना विद्यार्थीले भाग लिएका थिए ।

प्रतियोगितामा कक्षा १० की छात्रा रिजु अधिकारी प्रथम भइन् । उनले वर्तमान शिर्षकको कविता वाचन गरेकी थिइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् ।

यस्तै कक्षा १२ का खिलराज ढकाल ‘मलाई गर्व लाग्छ मेरो देश’ शिर्षकको कविता वाचन गरेर दोस्रो हुँदा १२ कै सुजल कोइराला ‘मैले नगरे कस्ले गर्ने’ शिर्षकको कविता वाचन गर्दै तेस्रो भए । उनीहरुले क्रमशः ७ र ५ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।
कक्षा ५ की छात्रा वेबिका पनेरुले सान्त्वना पुरस्कार पाए । उनले तीन हजार रुपैयाँ प्राप्त गरे । विजेताहरुलाई नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

राष्ट्रियसभाका पूर्व सदस्य एवम् प्राज्ञ खेम नेपाली प्रमुख अतिथी रहेको कार्यक्रममा कविद्वय निर्मला कोइराला र मिनकुमार श्रेष्ठ निर्णायकका रूपमा रहेका थिए ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले भानुभक्तले नेपाली भाषाको उत्थानमा पुर्याएको योगदानका बारेमा चर्चा गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार