Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

धारा ७६ (२) बमाेजिम सरकार गठनकाे आह्वान, ओली प्रधानमन्त्री बन्ने



विराटनगर : राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन्। संविधानको धारा ७६ (२) अनुसार ७२ घन्टाभित्र सरकार गठनका लागि दाबी पेस गर्न उनले आह्वान गरेका हुन्।

धारा ७६ (२) भनेको प्रतिनिधि सभाको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्ने प्रवाधान हो।

७६ (२) अनुसार सरकार गठन आह्वान भएसँगै अब प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली बन्ने छन्।

संसद्को दुई ठूला दलबीच एमाले र काँग्रेसबीच ओलीलाई प्रधानमन्त्री बनाएर सरकार गठन गर्ने सहमति भइसकेको छ।

शुक्रबार प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत मागेपनि उनले विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए।

यससँगै नयाँ सरकार गठनका लागि ढोका खुलेको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार