विराटनगर : महिला सांसदहरुको क्षमता वृत्तिविकास गर्ने उद्धेश्यले कोशी प्रदेशमा महिला सांसद मञ्च गठन भएको छ ।
शुक्रबार प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारको नेतृत्वमा महिला सांसद मञ्च गठन भएको हो । उक्त मञ्चमा प्रदेशसभाका ३३ जना महिला सांसद छन् ।
मञ्चले सदनमा महिला सदस्यहरूको वृत्ति विकासदेखि साझा सवाललाई मुखरित गर्ने लक्ष्य राखेको संयोजक दनुवारले बताइन् ।
उनले सदनमा के कस्ता विषयहरुलाई उठान गर्ने र कसरी गर्ने भन्ने विषयमा निरन्तर छलफल हुने बताइन् ।