विराटनगर : पार्टी सदस्यको निधन भएको घटना समावेदना व्यक्त गर्न नेकपा एमालेले उर्लाबारी नयाँ कार्यक्रम सुरु गरेको छ । पार्टी सदस्यको निधनमा समवेदना दिन गएको एमालेले धान रोपाइँ गरिदिएको हो ।
बुधबार पार्टी सदस्य देवप्रसाद चम्लागाँईको निधनमा उर्लाबारी १ झारसाँदीमा एमालेले धान रोपाइँ गरेको एमाले प्रदेश कमिटी सदस्य ज्योती चौहानले जानकारी दिइन् । चम्लागाँईको केहीदिन अघि निधन भएको थियो ।
एमाले उर्लाबारी नगर कमिटीले उनको एक बिगाह खेतमा धान रोपेको हो ।
धान रोपाइँमा एमाले नगर इन्चार्ज तथा कोशी प्रदेशसभा सदस्य उमाकान्त गौतम, उर्लाबारी नगरपालिका उपप्रमुख मिना खतिवडा, एमाले नगर कमिटी अध्यक्ष गंगा बाँस्तोला, उर्लाबारी १ का वडा अध्यक्ष तिलक पाण्डे लगायत पार्टीका नेता तथा कार्यकताहरुको उपस्थितिमा रहेको थियो ।