Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उदयपुरमा पहिरोमा पुरिएर ८ वर्षीया बालिकाको मृत्यु



विराटनगर : उदयपुरमा पहिरोमा पुरिएर ८ वर्षीया बालिकाको मृत्यु भएको छ । मंगलबार बिहान उदयपुरको त्रियुगा नगरपालिका–१५ खाँबु तोरीबारीमा पहिरोले पुरिएर ८ वर्षीया रूपकला मगरको मृत्यु भएको हो ।

घरमाथिबाट झरेको पहिरोले घर पुर्दा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयुरका प्रवक्ता डीएसपी राजन चापागाईंले बताए ।

पहिरोमा परी उनकी आमा ३० वर्षीया हिराकुमारी मगर घाइते भएकी छन् ।

चापागाईंका अनुसार तोरीबारीकका करिब १५–१६ घर जोखिममा रहेको छ । पहिरोको जोखिममा परेकाहरूलाई अन्यत्र सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार