Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रविलाई मुकुलको चुनौती: कि भ्रष्टाचारीको फाइल खोल, कि राजीनामा देउ



विराटनगर : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेलाई मुकुल ढकालले चुनौती दिएका छन् ।

ढकालले कि त भ्रष्टाचारीको फाइल खोल्न कि त राजिनामा दिन उनलाई चुनौती दिएका हुन् । सामाजिक सञ्जाल मार्फत ढकालले कुर्सीको न्यानोमा धेरै नबस भन्दै रवि लामिछाने लक्षित टिप्पणी गरेका हुन् ।

कुर्सीमा बस्ने भए भ्रष्टाचार विरुद्धको कदम चालेर जनतालाई न्याय दिलाउन उनको चुनौती छ ।

रास्वपाको केन्द्रीय समिति बैठकले महामन्त्री समेत रहेका ढकाललाई सात दिनका लागि पार्टीबाट निलम्बन गरेको छ। अहिलेकै अवस्थामा अघि बढे पार्टी बलियो नहुने प्रतिवेदन सार्वजनिक गरेका ढकाललाई सोही आधारमा पार्टीले कारबाही गरेको हो।

यस्तो छ ढकालको स्टाटस:
कि त भ्रष्ट्राचारीको फाइल खोल , कि त राजीनामा देउ । कुर्सीको न्यानोमा धेरै दिन नबस । बस्ने भए, भ्रष्ट्राचार विरूद्धको कदम चालेर , जनतालाई न्याय देऊ ।

प्रतिक्रिया
सम्बन्धित समाचार