Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पोर्चुगललाई स्तब्ध पार्दै फ्रान्स युरोकपको सेमिफाइनलमा



विराटनगर : पोर्चुगललाई स्तब्ध बनाउँदै फ्रान्स युरोकपको सेमिफाइनलमा पुगेको छ।

जारी युरोकपको क्वाटरफाइनल खेलमा पोर्चुगललाई पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले पराजित गर्दै फ्रान्स प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो।

निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटमा दुवै देशबाट कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।

पेनाल्टी सुटआउटमा पोर्चुगलका लागि जोआओ फेलिक्सले पेनाल्टी मिस गरेपछि पोर्चुगल हारेको थियो।

यो जितसँगै अब फ्रान्सले सेमिफाइनलमा स्पेनको सामना गर्ने छ।

त्यसैगरी यो हारसँगै पोर्चुगलको युरोकप यात्रा समाप्त भएको छ ।

यस्तै स्पेन युरोकपको सेमिफाइनलमा पुगेको छ। जारी युरोकपको क्वाटरफाइनलमा स्पेनले आयोजक जर्मनीलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो।

स्पेनको जितमा डानी ओल्मो र मिकेल मेरिनोले एक-एक गोल गरेका थिए। खेलको ५१औँ मिनेटमा ओल्मोले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए।

त्यसपछि खेलको ८९औँ मिनेटमा जर्मनीका लागि फ्लोरियन विर्त्जले बराबरी गोल गरेका थिए। निर्धारित ९० मिनेटको खेलमा दुवै देशले १-१ गोल गरेपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो। त्यसपछि खेलको ११९औं मिनेटमा स्पेनका लागि मेरिनोले गोल गरे र स्पेनलाई विजयी बनाए।

यस खेलमा स्पेनका डानी कर्भाजलले खेलको १२०औँ मिनेटमा दोहोरो पहेलो कार्ड पाएपछि रातो कार्ड पाउँदै मैदान छोडेका थिए ।  हारसँगै जर्मनीको युरोकप यात्रा सकिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार