Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नेकपा एसको केन्द्रीय सदस्यमा ओसिम आलमको उम्मेदवारी घोषणा



फाइल तस्बिर : ओसिम आलम

विराटनगर : नेकपा एकीकृत राष्ट्रिय महाधिवेशनमा युवा नेता ओसिम आलमले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आलमले कोशी प्रदेशबाट युवा खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका हुन् ।

‘अनुभवको नेतृत्व युवाको प्रतिनिधित्व’ भन्दै उनी निकट नेता कार्यकर्ताहरूले उनको प्रचारप्रसार गरिरहेका छन्।

युवा पुस्तामास निकै लोकप्रिय युवा नेताको छवि बनाएका आलम नेकपा एस मोरङ जिल्ला कमिटीका उपसचिव तथा प्रवक्ता समेत हुन्। विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका आलमले अनेरास्ववियुको विभिन्न पदय जिम्मेवारीमा बसेर काम गरिसकेका छन्।

तत्कालीन नेकपा एमाले निकट अनेरास्ववियुमा हुँदा केन्द्रीय सचिव बनेका उनी पार्टी विभाजन भएर नेकपा एकीकृत समाजवादी बनेपछि सो पार्टी निकट विद्यार्थी संगठनको सहअध्यक्ष भएका थिए। पछि उनी विद्यार्थी राजनीति छाडेर पार्टी राजनीतिमा आएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार