Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता



विराटनगर : नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बुधबार बसेको बैठकले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

समर्थन फिर्ता लिएको पत्र केही समयपछि प्रधानमन्त्री प्रचण्डलाई बुझाउने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

प्रधानमन्त्री दाहाललाई मार्ग प्रशस्त गर्न २४ घण्टाको समय दिए पनि सो अवधिमा दाहालले राजीनामा नदिएपछि एमालेले समर्थन फिर्ता लिएको बर्तौलाले जानकारी दिए।

उनका अनुसार आजै प्रधानमन्त्री दाहाललाई भेटेर समर्थन फिर्ता लिएको जानकारी गराउने र मन्त्रीहरूले राजीनामा दिने तयारी रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार