Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सरकारबाट बाहिरिने तयारीमा एमाले



विराटनगर : नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार गठन गरेर जाने सहमति भएपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन्।

एमाले स्रोतका अनुसार आजै एमालेका सबै मन्त्रीले राजीनामा दिने तयारी गरेका छन्।

एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले पार्टीले आजै बैठक बसेर समर्थन फिर्ता र मन्त्रीको राजीनामाको विषयमा निर्णय गर्ने बताए । उनले प्रधानमन्त्री अल्पमतमा रहेकाले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिए समर्थन फिर्ता गरेर प्रक्रियामा जाने बर्तौलाले बताए ।

प्रचण्ड नेतृत्वको सरकारमा एमाले सचिव रघुवीर महासेठको नेतृत्वमा ८ जना मन्त्री सहभागी छन्।

काङ्ग्रेस र एमालेबीच संविधान संशोधनदेखि विभिन्न विषयमा सहमति गरेर सरकार बनाउने तयारी भएपछि एमालेका मन्त्रीहरूले राजीनामा दिन लागेका हुन्।

सोमबार मध्यरातमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच केपी शर्मा ओलीको नेतृत्वमा सर्वदलीय सरकार बनाउने सहमति भएको छ। उक्त सहमतिका अनुसार एमालेले अर्थमन्त्रीसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृह मन्त्रालय सहित १० वटा मन्त्रालयको नेतृत्व गर्नेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार