Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रास्वपा महामन्त्री ढकाल मुखमा कोलो टेप लगाएर बैठकमा उपस्थित



विराटनगर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले मुखमा कालो टेप लगाएर केन्द्रीय समिति बैठकमा सहभागी भएका छन्।

केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण नगरेको विरोधमा महामन्त्री ढकाल मुखमा कालो टेप लगाएर बैठकमा सहभागी भएका हुन्।

उनले मुखमा मास्क लगाएर बाहिरबाट कालाे टेप लगाएर बैठकमा सहभागी भाएका छन्। आफ्नो लोकतान्त्रिक र बोल्न पाउने अधिकार हनन् भएको ढकालकाे भनाइ छ।

आजको रास्वपाको बैठकमा महामन्त्री ढकालले देशभर घुमेर बनाएको प्रतिवेदनमाथि छलफल गर्ने प्रमुख एजेण्डा रहेको छ।

ढकालले केही दिनअघि सभापति लामिछानेलाई प्रतिवेदन बुझाएका थिए । उक्त प्रतिवेदनमा उनले रास्वपा अहिलेकै अवस्थामा अघि बढे २०८४ को निर्वाचनमा २/४ सिट मात्र प्राप्त गर्ने बताएका थिए ।

रास्वपाप्रति जनताको धारण परिवर्तन हुँदै गएको उनको बुझाइ छ । यस्तै उनले रास्वपाले सरकारमा सहभागी भएर उल्लेख्य काम गर्न नसकेको भन्दै पार्टीको आलोचना गरेका थिए ।

सोही कारण उनलाई पार्टीले स्पष्टीकरण समेत सोधेको थियोे भने उनलाई कारबाही गर्नुपर्ने माग पार्टीमा उठिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार