विराटनगर : नेकपा एमालेले कांग्रेससँग नयाँ सरकार निर्माणका लागि भएको सहमति अनुमोदन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको एमाले सचिवालय बैठकले दुई पार्टीबीच नयाँ सरकार बनाउने विषयमा भएको सहमति अनुमोदन गर्ने निर्णय गरेको हो।
बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने राष्ट्रिय सहमतिको सरकारमा सहभागी अन्य दललाई आह्वान गर्ने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए ।
यस्तै एमालेले नयाँ सरकार गठनको लागि प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह समेत गरेको छ।
सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको थियो। सोही अनुसार एमाले र कांग्रेस अघि बढेका छन् ।