विराटनगर : सुनसरी र मोरङको सिमानामा रहेको बूढीखाेलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । अन्य तीन जना बेपत्ता भएका छन् ।
मंगलबार बिहानदेखि बढ्दै गएको बूढीखोलाको बाढीमा एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।
मृतकको पहिचान भने खुल्न नसकेको डीएसपी कार्कीले बताए । बाढीमा बेपत्ता भएकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।