Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रतुवामाईका तिमिल्सिना मलेसियाको राजदूत सिफारिस



विराटनगर : मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ६ का डा. नेत्र तिमिल्सिना मलेसियाको राजदूतमा सिफारिस भएका छन् ।

सरकारले शुक्रबार ८ देशका लागि राजदूत सिफारिस गर्दा तिमिल्सिना मलेसियाको राजदूतमा सिफारिस भएका हुन् ।

उनी नेकपा एमालेको तर्फबाट राजदूत बनेका हुन् । उनी एमालेको सामाजिक सेवा विभागका केन्द्रीय सचिव समेत हुन् ।

तिमिल्सिना नेपाल रेडक्रस सोसाइटी र गैर सरकारी संस्था महासंघ नेपालका पूर्वअध्यक्ष समेत हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार