विराटनगर : मदन भण्डारी फाउन्डेसनले विराटनगरमा वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ ।
तत्कालीन एमाले महासचिव मदन भण्डारीको ७३ औँ जन्म जयन्तीको पूर्वसन्ध्यामा असार १३ गते कार्यक्रम आयोजना गरिएको हो ।
मदन भण्डारी मोरङको संयोजनमा हुन लागेको प्रतियोगिता असार १३ गते विराटनगरको सत्यनारायण माध्यमिक विद्यालयमा बिहान ८ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।
नेपाली राजनीतिमा मदन भण्डारीको योगदान विषयमा सहभागीहरूले आफ्नो भनाइ पाँच मिनेटमा राख्नुपर्ने छ ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद ७ हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै दोस्रो, तेस्रो र चौथो हुनेलाई क्रमशः ५ हजार, ३ हजार र एक हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।